२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

प्रदेश ५ का १ हजार १०८ बालबालिकामा कोरोना संक्रमण



बुटवल ।

प्रदेश ५ मा कोरोना संक्रमित बालबालिकाको संख्या १ हजार १ सय ८ पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आइतबारसम्मको तथ्यांकमा प्युठानमा सबैभन्दा बढी बालबालिकामा संक्रमित छन् ।

प्युठानमा ४ सय ३३ जना बालबालिकामा कोरोना संक्रमणमा देखिएको हो । दाङमा १ सय ७७ र बर्दियामा एक सय ५६ बालबालिका संक्रमित भएका छन् । गुल्मीमा ८४, रुपन्देहीमा ७२, कपिलवस्तुमा ५८, बाँकेमा ५२ एवं पाल्पा र अर्घाखाँचीमा २५र२५ जना बालबालिका संक्रमित छन् । यस्तै, नवलपरासी पश्चिममा १४, रुकुम पूर्वमा ९ र रोल्पाका ३ जना संक्रमित छन् ।

संक्रमणमा परेका बालबालिकामध्ये ९२ बालबालिका उपचारको क्रममा रहेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले बताए ।

प्रकाशित मिति : १५ भाद्र २०७७ सोमबार ००:००  ३ : ५९ बजे