७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

गुल्मीको चन्द्रकोट गाउँपालिका सिल



गुल्मी ।
चन्द्रकोट गाउँपालिकाका जनप्रतिनिधि र बैंकका कर्मचारीसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै पुरै गाउँपालिका सिल गरिएको छ।

स्थानीय कोरोना रोग नियन्त्रण रोकथाम समितिको बैठकले अर्को निर्णय नभएसम्मका लागि पुरै गाउँपालिका सिल गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

भदौ ६ गते गाउँपालिकाबाट ४७ जनाको समुदाय स्तरमा गरिएको नमूना परीक्षणमा ७ जनामा कोरोना पुष्टि भएको हो। जसमा जनप्रतिनिधि बैंकका कर्मचारीहरु रहेको गाउँपालिकाले जनाएको छ।

तोकिएको समयावधि भित्र गाउँपालिकामा हुने सबै आवत जावत पूर्ण रुपमा निषेध गरिएको छ। उक्त अवधिभर आकस्मिक स्वास्थ्य सेवा बाहेक सबै प्रकारका कार्यहरु बन्द रहने गाउँपालिकाले जनाएको छ।

संक्रमितहरुको सम्पर्कमा आएकाहरुको मंगलबार नै स्वाब संकलन गरि परीक्षणका लागि पठाइने गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ।

प्रकाशित मिति : १६ भदौ २०७७ मंगलबार ००:००  १ : २१ बजे