१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

उपचारमा गएका तुलसीपुरका दुई महिलामा कोरोना



दाङ ।

उपचारका लागि अन्य जिल्लामा रहेको अस्पताल गएका तुलसीपुर उपमहानगरपालिकाका दुईजना महिलाहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । तुलसीपुर–८ की ६५ वर्षीया र वडा नम्बर ९ की ६० वर्षीया महिलामा कोरोना पुष्टि भएको हो।

चितवन र बाँकेको नेपालगञ्ज उपचार गर्न गएका उनीहरुमा कोरोना पुष्टि भएको उपमहानरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए। ६० वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो।

कोरोना पुष्टि भएपछि उनलाई भेरी अस्पतालको आइसोलेसनमा राखिएको छ। त्यस्तै, ६५ वर्षीया महिला पोखराबाट फर्किंदा चितवनमा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको फोकल पर्सन केसीले बताए उनलाई कोरोना विशेष अस्पताल बेलझुण्डीमा ल्याइएको छ।

तुलसीपुरमा हालसम्म ९६ जनामा कोरोना संक्रमण पुष्टिको छ। जसमध्ये ७८ जना निको भएर डिस्चार्ज भएको उनले बताए। त्यसैगरी अहिलेसम्म दुई हजार ७५७ जनाको स्वाब परीक्षण गरिएकोमा ४४८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ।

प्रकाशित मिति : १६ भदौ २०७७ मंगलबार ००:००  १ : २६ बजे