२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

कपिलवस्तु नगरपालिकाको बोर्ड बैठकद्धारा शोक प्रस्ताव पारित



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिकाका सहयोगी तथा नगरपालिका बार्ड सदस्य सबिता घिमिरेका श्रीमान सोमप्रसाद पौडेको निधनमा १३ दिनको पुन्य तिथीको अवसर पारेर नगरपालिकाको बोर्ड बैठकले शोक प्रस्ताव पारित गरेको छ ।

२४ दिन काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारकोक्रममा ५३ बर्षे सोमप्रसाद पौडेकाको निधन भएको थियो । कपिलवस्तु नगरपालिका– ५ सागरटोल निवासी नगरपालिकाको विकास निर्माण, सामाजिक काममा नगरपालिकालाई धेरै सहयोग गरेको मेयर किरण सिंहले बताउनुभयो ।

‘पौडेल नगरपालिकाको हरेक काममा सहयोग गर्थे, समाजसेबी र मिलनसार थिए’ मेयर सिंहले भन्नुभयो ‘पौडेलको निधनले हामी स्तब्ध भएका छौ ।’

बोर्ड बैठकले मृतक आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समबेदना सहीतको शोक प्रस्ताव पारित गरेको छ ।

पौडेल नेपाली कांग्रेस कपिलवस्तु नगरपालिकाको नगर उप सभापति समेत हुनुहुन्थ्यो । पौडेलको उपचारमा ४० लाख बढी खर्च भएको परिवार श्रोतले जनाएको छ ।

प्रकाशित मिति : ३० भदौ २०७७ मंगलबार ००:००  ७ : ३९ बजे