५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

रुपन्देहीमा ४२ जनामा कोरोना पुष्टि



रुपन्देही ।

रुपन्देहीमा सोमबार ७८ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। आज ४२ जना विभिन्न पालिकाका संक्रमित थपिएसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६३४ पुगेको छ। समुदायस्तरमा संक्रमण फैलिएपनि २ सातादेखि सक्रिय संक्रमितको संख्यामा वृद्धि भएको छैन।

सोमबार रुपन्देहीमा थप १० महिला र ३२ पुरुषमा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालयलाई स्वास्थ्य मन्त्रालयले लक्षण देखिएकोलाई मात्र पिसीआर स्वाब परिक्षण गर्न परिपत्र गरेकोले परिक्षणको दर पनि कम देखिएको छ। आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या २ हजार ४ सय ९६ पुगेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७ सोमबार ००:००  ७ : ०२ बजे