७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बाटो खन्दा खन्दै डोजर नै पुरियो, शितगंगाका डोजर चालकको मृत्यु



बिष्णु कुमार आले, अर्घाखाँची ।
प्युठानमा बाटो खन्दाखन्दै खसेको पहिरोमा परेर अर्घाखाँची शितगंगा ८ लाहापेका ४१ बर्षीय डोजर चालक नरसिंह बुढामगरको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सुनिल मल्लका अनुसार सोमबार मदन भण्डारी लोकमार्ग अन्तरगत माण्डवी गाउँपालिका-१ डामृखोला नजिकै बाटो खनिरहेको बा २ क ६९३९ नम्बरको डोजरलाई पहिरोले पुर्दा बुढामगरको घटनास्थलमै मृत्यु भएको हो ।

सडकमाथिबाट खस्दै गरेको पहिरो देखेर ज्यान बचाउन डोजरबाट हाम फालेका चालकलाई डोजरसंगै पहिरोले पुरेको डिएसपी मल्लले जानकारी दिए ।

प्रकाशित मिति : १२ आश्विन २०७७ सोमबार ००:००  ७ : २३ बजे