२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

बाँकेबाट एकैदिन ४४ जना डिस्चार्ज



नेपालगन्ज ।

बाँकेमा मंगलबार ४४ जना कोरोना निको भएपछि डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले विभिन्न आइसोलेसनमा बसेका प्रहरीसहित २९ पुरुष, १५ महिलासहित ४४ जना डिस्चार्ज भएको बताए । जसमा नेपालगन्ज र कोहलपुरका धेरै छन् ।

कोरोनाका फोकल पर्सन श्रेष्ठका अनुसार, १४ दिन आइसोलेसनमा बसेका उनीहरुलाई डिस्चार्ज गरिएको हो । यो सँगै जिल्लामा १ हजार ५ सय ७ जना डिस्चार्ज भएका छन् । मंगलबारसम्म आइसोलेसनमा ३ सय ५१ जना छन् ।

जिल्लामा कोरोनाबाट १५ जनाको मृत्यु भइसकेको छ । जसमा बाहिर जिल्लाका ५ जना छन् । जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ७३ पुगेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७ मंगलबार ००:००  ५ : ५० बजे