६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

बुटवलमा उपचारको क्रममा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि



बुटवल ।

बुटवलमा उपचारको क्रममा निधन भएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल आएका कोटहीमाई गाउँपालिकाका ४२ वर्षीय पुरुषको बुधबार मृत्यु भएकोमा बिहीबार रिपोर्ट आएको हो।

उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए। कोरोना संक्रमणमा देखिने लक्षणहरु देखिएका उनमा स्वासप्रश्वासको समस्या देखिएको थियो।

बुधबार दिउँसो १ बजे श्वासप्रश्वासको समस्या देखिएपछि प्रादेशिक अस्पतालमा उपचारका लागि आएका उनको उपचारका क्रममा बेलुका ६ बजे मृत्यु भएको थियो। रुपन्देहीमा अहिलेसम्म कोरोना संक्रमणका कारण २६ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : १५ आश्विन २०७७ बिहिबार ००:००  १२ : ४० बजे