४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

आत्महत्याको प्रयास गरेका कोरोना संक्रमितको मृत्यु



बुटवल ।

आत्महत्याको प्रयास गरेर घाइते भएका एकजना संक्रमितको मृत्यु भएको छ। बुटवल १० का ७६ वर्षीय पुरुषले अशोज १२ गते आफ्नै घरमा हसियाले घाँटी रेटेर आत्महत्याको प्रयास गरेका थिए। उनको उपचारका क्रममा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको कलेजका प्रशासन प्रमुख तेज केसीले जानकारी दिए।

आफै घाँटी रेटेर हत्या प्रयास गर्ने क्रममा घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएकोमा थप उपचारका लागि मेडिकल कलेजमा लगिएको थियो। स्वासप्रस्वाससम्बन्धि समस्या देखिएका उनको पीसीआर पोजेटिभ रिपोर्ट मंगलबार मात्रै आएको थियो।

प्रकाशित मिति : १५ आश्विन २०७७ बिहिबार ००:००  २ : ०३ बजे