५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

रोल्पामा मोबाइल चार्जमा राखेर भिडिओ हेर्दा करेन्ट लागेर मृत्यु



रोल्पा ।

रोल्पामा मोबाइल चार्जमा राखेर भिडिओ हेर्दै गर्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको सुनिल स्मृति गाउँपालका वडा नं. १ घोडागाउँ निवासी ४३ वर्षीय भरत नेपालीको करेन्ट लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्का अनुसार नेपालीले बिहीबार बिहान ११ बजेतिर मोबाइल चार्जमा राखेर भिडिओ हेर्दै गर्दा करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर अवस्थाका उनलाई उपचारका लागि प्यूठान जिल्लाको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता खड्काले जानकारी दिए।
रोल्पामाघटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति : १५ आश्विन २०७७ बिहिबार ००:००  ४ : १२ बजे