४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

रुपन्देहीमा एकैदिन ९१ कोरोना संक्रमित थपिए



बुटवल ।

रुपन्देहीमा आज ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै रुपन्देहीमा कोरोना संक्रमितको कूल संख्या २ हजार ७२० पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बिहीवार बुटवल उपमहानगरपालिकामा ५४ जना, तिलोत्तमा नगरपालिकामा १६ जना, सिद्धार्थनगर नगरपालिकामा ८ जना, सुद्धोधन गाउँपालिकामा ५, सैनामना नगरपालिकामा ४ जना, सियारी गाउँपालिकामा २, मायादेवी गाउँपालिका र रोहिणी गाउँपालिकामा १-१ जना संक्रमित थपिएका छन् ।

यस्तै आजै १५ संक्रमित डिस्चार्ज भएका छन् । रुपन्देहीमा कूल संक्रमित मध्ये १ हजार ९ सय ४७ जना संक्रमित निको भएका छन भने ७३० जना उपचाररत अवस्थामा रहेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७७ बिहिबार ००:००  ६ : १३ बजे