४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

दाङमा भारतबाट भित्राइएका ६२ वटा खसी नियन्त्रणमा



दाङ ।
राजश्व छलेर भारतबाट नेपाल भित्राइएका ६२ वटा खसी सशस्त्र प्रहरीले दाङबाट नियन्त्रणमा लिएको छ । भारतसँग जोडिएको कोइलाबास नाकाबाट मिनी ट्रकमा राखेर भित्राइएका खसीहरु दाङको सशस्त्र प्रहरी बल अर्जुनखोलाले गएराति नियन्त्रणमा लिएको हो ।

रा १ ख १३१५ नम्बरको मिनी ट्रकमा राखेर भित्राइएका ६२ वटा खसी गएराति करिब १० बजेतिर नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुवाङका एसपी टोपबहादुर खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार खसी नेपाल भित्राउने सम्बन्धित व्यक्ति फेला परेका छैनन् । ट्रक र खसीहरु नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको एसपी खनालले जानकारी दिनुभयो । ती खसीहरु दशैंलाई लक्षित गरी कुनै व्यापारीले भित्राएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७ शनिबार ००:००  ९ : ४६ बजे