८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

बुटवलमा सुरु भयो निशेधाज्ञा, काँग्रेसको बन्दले रुपन्देही सुनसान



मायादेवी अनलाइन, चार नम्बर ।
प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्तावको विरोधमा बुटवलमा प्रदर्शन हुन थालेपछि रुपन्देही प्रशासनले बुटवलका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ। रुपन्देहीका तीन दर्जन बढी संघसंगठनको सञ्जालले आज बिहान बुटवलमा विरोध ¥याली निकाल्ने निर्णय गरेपछि प्रशासनले अचानक राति निषेधाज्ञा जारी गरेको हो।
आजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि बिभिन्न क्षेत्रमा आवतजावत र कीँडभाड निशेष छ ।
प्रदेशसभा सचिवालय रहेको क्षेत्र दक्षिणमा इँटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इँटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको छ।

त्यस्तै, मन्त्रालयहरू रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकसम्म पाँच जनाभन्दा धेरै भेला हुन पाइने छैन। यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय क्षेत्र रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युतचोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र प्रदर्शन र भेला जम्मा हुन पाइने छैन।

बुटवलमा व्यापक प्रहरी परिचालन गरिएको छ । आन्दोलनरत समूहले शुक्रबार साँझदेखि नै प्रदेशसभा सदस्यहरूका घर तथा निवास अगाडि प्रदर्शन गर्न थालेपछि रुपन्देही बाहिरबाट समेत सुरक्षाकर्मी ल्याइएको छ।

काँग्रेसको बन्द
नेपाली कांग्रेसले आब्हान गरेको रुपन्देही बन्दको प्रभाब बिहानैदेखि परेको छ । मुख्य राजमार्ग सुनसान बनेका छन् भने भित्री सडकहरुमा फाट्ट फुट्ट साना सवारी मात्रै गुडेका छन् ।
मुख्य राजमार्गमा सुरक्षाकर्मीको संख्या बाक्लो पारिएको छ । बुटवल क्षेत्रमा प्रदर्शन र विरोध गर्नेहरु निशेधाज्ञाका कारण जम्मा हुन पाएका छैनन् ।

रुपन्देहीबाट राजधानी सार्ने ससदमा लगिएको प्रस्ताव तत्काल फिर्ता गर्न कांग्रेसले माग गर्दै बन्द गरेको हो । यस स्थानीयबासी र अन्य दलले पनि विरोध जनाएका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७७ आइतबार ००:००  ८ : १४ बजे