२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

भेरी अस्पतालको परिक्षणमा ३० जनामा कोरोना पुष्टि



दाङ ।

बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा गरिएको परिक्षणमा आज दाङका १ जनासहित ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा दाङका १ जना, बाँकेका १७ जना, बर्दियाका ८ जना, पाल्पा, झापा, सुर्खेत र दैलेखका एक एक जना रहेका छन् ।

भेरी अस्पतालले जारी गरेको सूचना अनुसार १ सय २१ जनाको आरटिपिसिआर विधिबाट परिक्षण गर्दा ३० जनामा कोरोना पुष्टि भएको छ । जुन २० वर्षदेखि ८१ वर्षसम्मका रहेका छन् । अहिलेसम्म भेरी अस्पतालमा ४६ हजार १ सय १ जनाको परिक्षण गरिसकिएको छ भने ३ हजार ५ सय ३८ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७ शुक्रबार ००:००  ६ : ०२ बजे