२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई २ सय बेडको स्वीकृति



दाङ ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको स्तर वृद्धि भएको छ । सचिव स्तरीय निर्णयबाट दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताललाई २ सय बेडको स्वीकृत प्रदान गरिएको छ । यसअघि ५० बेडको स्वीकृत भए पनि ९५ बेडमा संचालन हुँदै आएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०७७ भदौ ११ को सचिव स्तरीय बैठकले निर्णय गरेपनि कार्यान्वयनका लागि भने हिजो बिहीबार मात्र जानकारी गराइएको थियो । अस्पताल व्यवस्थापन संचालनका लागि १० करोड पाँच लाखसमेत बजेट विनियोजन भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले जानकारी दिए ।

यसका लागि लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्र्तगत रहेको अस्पताल विकास तथा चिकित्सका सेवा महाशाखाले सम्बन्धित अस्पतालहरुलाई कार्यान्वयनका लागि परिपत्र समेत गरिसकेको छ ।

२०७७र७८ को नीति तथा कार्यक्रम अनुसार साविका जिल्ला अस्पतालाई २५ देखि ५० बेड र अंचल अस्पतालाई २ सय बेडको जनरल अस्पतालका रुपमा स्त्तरोन्नती गराउने कार्यक्रम अनुसार राप्ती प्रादेशिक अस्पताल सहित ९ वटा अस्पतालको स्तर वृद्धि गरिएको हो । जस अन्तर्गत रोल्पाको रोल्पा अस्पताललाई १५ बाट ५० ,रुकुम पूर्व अस्पताललाई १० बाट २५ , प्युठान अस्पताललाई ३० बाट ५० ,अर्घखाँची अस्पताललाई ४० बाट पचास , गुल्मी अस्पताललाई ३० बाट ५०, पाल्पा अस्पताललाई १५ बाट ५० , कपिलवस्तु अस्पताललाई ३५ बाट ५० , पृथ्वीचन्द्र अस्पताल नवलपरासीलाई पनि ५० बेडको स्वीकृत दिएर स्तरवृद्धि गरिएको छ । समाचार आजको राजधानी दैनिकले छापेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७ शुक्रबार ००:००  ६ : १० बजे