२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

बबई र बंगलाचुली गाउँपालिकामा आइतबारदेखि विद्यालय खुल्ने



दाङ ।

आइतबारदेखि दाङको बबई र बंगलाचुली गाउँपालिकामा विद्यालय खुल्ने भएका छन् । दाङमा कोरोना संक्रमणको दर बढेपछि बबईमा असोज २४ गते र बंगलाचुलीमा २६ गतेदेखि अनिश्चितकालका लागि बन्द भएका विद्यालय पुनः यहि १६ गते आइतबारबाट खुल्ने भएका छन् ।

दुबै गाउँपालिकाका शिक्षा शाखाले आज सूचना जारी गर्दै प्रत्यक्ष रुपमा बन्द भएको शिक्षण सिकाई क्रियाकलाप सुरक्षा मापदण्ड अपनाएर सुरु हुने जनाएका छन् । बबई गाउँपालिकाका शिक्षा शाखा प्रमुख मोहनलाल दाहाल र बंगलाचुलीका शिक्षा शाखा प्रमुख ओम प्रकाश केसीले सूचाना जारी गर्दै गाउँपालिका भित्र रहेका संस्थागत तथा सरकारी विद्यालयमा शिक्षण सिकाई क्रियाकलाप संचालन गर्न आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७ शुक्रबार ००:००  ६ : १२ बजे