८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सिमलपानी दुर्घटना अपडेटः ३ जनाको अवस्था गम्भिर



मायादेवी अनलाइन, चार नम्बर ।

अर्घाखाँचीको शितगंगा नगरपालिका सिमलपानीबाट कपिलवस्तुको लागि छुटेको बस सडकबाट खस्दा १५ जना घाइते भएका छन् ।

लु १ ख ७८१४ नम्बरको बस शितगङ्गा नगरपालिका वडा नम्बर १३ को छेडादेखि कपिलवस्तु आउँदै गरेकोमा दुर्घटना हुँदा १५ जना घाइते भएका हुन् । घाइतेमध्ये ३ जना गम्भिर छन् ।

उनीहरुलाई भैरहवामा थप उपचारको लागि लगिएको छ भने अरुको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । यसबारे आधिकारिक जानकारी अझै आइपुगेको छैन । ओरालोमा ब्रेक फेल भएर दुर्घटना भएको एक जना यात्रुले बताएका छन् ।

प्रकाशित मिति : २९ पुस २०७७ बुधबार ००:००  ११ : ३६ बजे