१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

थारुको छोरो भए पनि मेयर भएँ, तपाई पनि शिक्षा आर्जन गर्न कस्सिनुहोस्ः मंगल थारु



मायादेवी अनलइन, चार नम्बर ।
बाणगंगा नगरपालिकाका नगरप्रमुख मंगल प्रसाद थारुले शिक्षा आर्जन थारु समुदाय आफै जुर्मुराएर लागे मात्र अगाडी बढ्न सकिने बताउनु भएको छ । नेपालका विविध संस्कृतिमध्ये थारु जातिको छुट्टै र विशिष्ट पहिचान भएको बताउँदै उहाँले यी सबै संस्कृति, भेषभुषा र परमपराको संरक्षण गर्न अब थारु समुदायमा तलैसम्म शिक्षाको पहुँ पुग्नु पर्ने बताउनु भयो ।

थारु कल्याणकारिणी सभा बाणगंगा नगर कमिटिको आयोजना तथा नगरपालिकाको सहकार्यमा शुक्रबारबाट वडा नम्बर ११ हथौसामा सुरु भएको तेश्रो नगरस्तरीय माघी तथा खिचडी महोत्सवमा प्रमुख अतिथि मन्त्व सुनाउँदै उहाँले शिक्षा आर्जन गर्न थारु समुदाय कम्मर कसेर आफै लाग्नु पर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो ’थारुको छोरो म मंगल आज मेयर भएको छु । साथीहरुले भन्छन् अझै ठुलो नेता र मन्त्री बन्छुपर्छ । सांसद बन्नुपर्दछ तपाई । यो सबै शिक्षाले गर्दा भएको हो । त्यसैले थारु समुदायका तपाई आमाबुबा, दिदीबहिनी पनि शिक्षा लिन कस्सिनूस् । अगाडी बढ्न सकिन्छ । थारु मात्र होइन शिक्षा लिन सबै कस्सिनुस् ।’

नगरप्रमुख थारुले बाणगंगा नगरले सबै जातजाति र भाषाभाषीको संरक्षणमा ध्यान दिएको बताउनु भयो । यस क्षेत्रका थारु नेता समेत रहनु भएका उहाँले अब सबै थारु जातिहरु शिक्षाको पहुँचमा पुग्नै पर्ने बताउनु भयो । नगरको वडा नम्बर ३ राजापानीमा करोडौँको लगानीमा थारु संग्रहालय बन्न लागेको समेत सुनाउदै यसले थारु समुदायको प्रवद्धन र नगरको पर्यटन प्रवद्धनमा धेरै टेवा पुग्ने उहाँको विशवास छ ।

प्रकाशित मिति : २ माघ २०७७ शुक्रबार ००:००  ७ : ३९ बजे