१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

प्रतिगामी कदम विरुद्ध खुलेरै लागेका केन्द्रिय नेता न्यौपाने एकाएक किन लागे ओली तिर ?



मायादेवी अनलाइन, चार नम्बर ।
प्रधानमन्त्री केपी ओलीको राष्ट्रबाद राष्ट्रघातमा परिणत हुँदै मोदीको गोजिमा पुगेको टिप्पणी गर्ने नेकपाका केन्द्रिय सदस्य गिरधारीलाल न्यौपाने एकाएक ओली समूहमा प्रवेश गरेका छन् ।

ओली कदम विरुद्धमा भाषणबाट गज्रिदै नेता न्यौपाने

संसद विघटन पश्चात ओलीको प्रतिगामी कदम भन्दै झण्डै एक महिना जनतालाई प्रशिक्षण दिन मैदानमा खटिएका नेता न्यौपाने एकाएक ओली समूहमा लागेका हुन् ।

प्रचण्ड–माधव पक्षमा रहेका न्यौपाने एकाएक ओली समूहमा प्रवेश गरेपछि राजनीतिक बृत्तमा विभिन्न चर्चा चुलिन थालेको छ । कतिपयले न्यौपानेलाई विहारी राजनीतिक शैली अपनाएको समेत आरोप लगाएका छन् ।

भाषणमा राष्ट्रबादी, ओली प्रवृत्तीको खुलेरै विरोध गर्दै आएका उनी किन ओलीको पक्षमा लागे भन्ने प्रश्न अझै अनुत्तरीत छ । यद्यपि उनलाई विभिन्न पदीय प्रलोभन दिएर ओली समूहमा प्रवेश गराएको आकंलन नेकपा बृत्तमा छ ।

न्यौपाने शुक्रबार साँझ ७ बजेमात्र ओली कदम विरुद्ध कपिलवस्तुमा कसरी लाग्ने भनेर जिल्ला नेतृत्वसंग छलफलमा थिए । तत्काल जिल्ला कमिटीको बैठक आयोजना गरी विरोध कार्यक्रमलाई प्रभावकारी बनाउने गरी उनीले जिल्ला नेतृत्वसंग छलफल गरेका थिए । तर, एक घण्टा नवित्दै ८ बजे न्यौपाने ओली समूहमा प्रवेश गरेको चर्चा सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । त्यस रात मोबाइल अफ गरेर बसेका न्यौपानेले शनिबार विहान आफु ओली समूहमा लागेको प्रष्टिकरण दिएका थिए ।

नेकपा कपिलवस्तुका जिल्ला इन्चार्ज समेत रहेका न्यौपानेले प्रचण्डले आफ्नो बारेमा केही गर्न नसकेको गुनासो गर्दै ओली समूहमा प्रवेश गरेको कुरा आफ्ना निकटका नेतालाई बताएका छन् ।

र, यो पनि

भारतीय रअ आएपछि ओलीको राष्ट्रवाद राष्ट्रघातमा पुग्योः नेता न्यौपाने

प्रकाशित मिति : ४ माघ २०७७ आइतबार ००:००  ७ : ३७ बजे