१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बाणगंगाको कुवेरापुरमा मोटरसाइकल एक आपसमा ठोक्किए, २ जना घाइते



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा दुई वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । तौलिहवाबाट चार नम्बर आउने क्रममा कुवेरापुर झुँगा जाने चोक नजिकै समान दिशाबाट आइरहेका २ वटा मोटरसाइकल दुर्घटनामा परेका हुन् ।

ना ५६ प १४९ नम्बरको सुजुकी मोटरसाइकल र लु ५५ प ४०६२ नम्बरको पल्सर मोटरसाइकल एक आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालक घाइते भएका छन् । उनीहरुको कपिलवस्तु सामुदायिक अस्पतालमा अहिले उपचार भइरहेको छ । यसरी घाइते हुनेहरुमा बाणगंगा नगरपालिका वडा नम्बर ४ गजेहडाका अहमद अलि र कपिलबस्तु नगरपालिका वडा नम्बर ११ का जमसेद अलि रहेका छन् । उनीहरुमध्ये अहमद अलिको अवस्था बढी चिन्ताजनक रहेको छ । अत्याधिक रक्तश्राव भएपछि कपिलबस्तु सामुदायिक अस्पतालले उनलाई बुटवल रिफर गरेको छ । अर्का पुरुषको अवस्था भने सामान्य रहेको बताइएको छ ।

प्रहरीका अनुसार ओभरटेक गर्ने क्रममा चार नम्बरतिरै आइरहेको लु १ च ६५३९ को पिकअप जिपसंग ठोक्किएका थिए । गाडीका चालक भने फरार छन् ।

पिकअपलाई इलाका प्रहरी कार्यालय पिपराले नियन्त्रणमा लिएको छ भने चालकको खोजी भइरहेको बताइएको छ । दुवै मोटरसाइकल क्षतविक्षत भएका छन् । प्रत्यक्षदर्शीका अनुसार दुर्घटनापछि ठुलो आवाज आएको थियो ।

प्रकाशित मिति : ४ माघ २०७७ आइतबार ००:००  १० : ४० बजे