५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

चुनाव एक दिन पनि सर्दैनः प्रधानमन्त्री ओली



काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखको मध्यावधि चुनाव एक दिन पनि पर नसर्ने दाबी गरेका छन् । सोमबार ढल्केबरमा विद्युत सबस्टेशनको उद्घाटनपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते चुनाव हुने बताए । प्रदेश २ मा पहिलो चरणमा चुनाव हुने भन्दै उनले भने, ‘तपाईंहरु तयार हुनुस्, एक दिन पनि पर सर्दैन ।’

कोही चुनावको तयारी नगर भनेर निर्वाचन आयोग गएको भन्दै उनले भने, ‘निर्वाचन आयोगको काम चुनाव नगराउने होइन, गराउने हो । निर्वाचन आयोगले गराउनुपर्छ र गराउँछ ।’

प्रकाशित मिति : १९ माघ २०७७ सोमबार ००:००  ५ : १८ बजे