२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

बेलबासेले सार्वजनिक गरे आफ्नो प्यानलको नाम, वरिष्ठ उपाध्यक्षमा रेश्मी



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तु उद्योग बाणिज्य संघको आगामी ३ बर्षे नेतृत्वको लागि अध्यक्षमा टोपनारायण बेलबासे रहेको प्यानल घोषणा भएको छ । यही माघ २३ गते हुने १४ औँ बार्षिक साधारण सभा तथा सातौँ अधिवेशन मिति नजिकिँदै गर्दा मंगलबार पिस हिमालय रिसोर्टमा उम्मेदवारी सार्वजनिक गरिएको छ ।

३ बर्षे कार्यकालको लागि हुने नेतृत्वको लागि नेकपाले वरिष्ठ उपाध्यक्षमा छवि रेश्मीलाई अगाडी सारेको छ । यस्तै उद्योग उपाध्यक्षमा कृष्ण सापकोटा, वाणिज्य उपाध्यक्षमा कृष्ण प्रसाद गैरे, एसोसिएट उपाध्यक्षमा विरेन्द्र खाँण, वस्तुगत उपाध्यक्षमा बाबुराम पाण्डेले उमेद्धवारी दिनुहुने भएको छ ।

यसैगरी महासचिवमा कुसल पौडेल, सचिवमा खुमानन्द पौडेल, कोषाध्यक्षमा मनोहर योगी, सह कोषाध्यक्षमा ओम बहादुर केसीको उमेद्धवारी पर्दा महिला सदस्यमा शान्ती क्षेत्री र गीता पौडेल उठ्नु भएको छ ।

सहमतिको प्रयास भए पनि कांग्रेसले सहमति तोडेर पहिल्यै उम्मेदवारी सार्वजनिक गरेपछि पछि आफूहरु पनि प्यानल सार्वजनिक गर्न बाध्य भएको अध्यक्षका प्रत्यासी बेलबासेले बताउनु भयो ।

वरिष्ठ ब्यवसायी राम प्रसाद गैरेको अध्यक्षतमा भएको कार्यक्रममा अध्यक्षका आकांक्षी बेलबासेले उम्मेदवारहरुको नाम सार्वजनिक गर्नु भएको थियो । यद्यपी आफूहरुको तर्फबाट सहमतिको प्रयास अझै पनि जारी रहने उहाँले बताउनु भयो ।

यता नेपाली कांग्रेसको तर्फबाट डोलकराम घिमिरेको नेतृत्वमा प्यानल घोषणा भएको छ ।

यो पनि पढ्नुहोस

कपिलवस्तु उद्योग वाणिज्य संघको अधिवेशनः ‘लिखित प्रतिवद्धता’ गरी सहमतिको प्रयास

प्रकाशित मिति : २० माघ २०७७ मंगलबार ००:००  ६ : २३ बजे