२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

आज बाणगंगा नगरपालिकाका सबै नीजि विद्यालय बन्द



मायादेवी अनलाइन, चारनम्बर ।

वाणगंगा नगरपालिकाका सबै नीजि विद्यालयमा आज पठनपाठन नहुने भएको छ । वडा नम्बर १० स्थित बाल आधारभुत विद्यालय प्रधानाध्यापक केशवराज काफ्लेको कोरोनाका कारण निधनभएपछि गहिरो दुख ब्यक्त गर्दै शोकस्वरुप विद्यालय बन्द गर्ने निर्णय गरिएको नीजि तथा आवासिय विद्यालय अर्गनाइजेशन (प्यावसन) वाणगंगाका अध्यक्ष राजु अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार काफ्लेको सम्मानमा आज हरेक विद्यालयमा श्रद्धाञ्जली सभा हुने छन् । काफ्लेको उपचारको क्रममा ग्रण्डी अस्पताल काठ्माडौमा निधन भएको थियो । उहाँले कोरोनाको जोखिम अझै पनि कायम रहेको हुँदा विद्यालयमा सतर्कता अपनाउन आग्रह पनि गर्नु भएको छ ।

प्रकाशित मिति : २१ माघ २०७७ बुधबार ००:००  ६ : ५२ बजे