२४ मंसिर २०८२, बुधबार | Thu Dec 11 2025

२४ घण्टामा थपिए १४२ जना कोरोना सङ्क्रमित



काठमाण्डौ ।

पछिल्लो २४ घण्टामा देशभर एक सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । तीन हजार पाँच सय ९७ जनाको पीसीआर परीक्षण भएकोमा एक सय ४२ जनालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ७१ हजार चार सय ३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुई सय ६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६७ हजार ६५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार तीन सय ३५ रहेको छ । अहिलेसम्म २० लाख ८१ हजार ६ सय ९५ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रकाशित मिति : २१ माघ २०७७ बुधबार ००:००  ५ : ०९ बजे