८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

प्रधानमन्त्रीको प्रश्नः जनताले के बिगारेर नेपाल बन्द गरेको ?



काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई दुस्ख दिने नियतले पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल नेतृत्वको नेकपाले बन्द आह्वान गरेको बताएका छन्।
नेपाल भूमिहीन सुकुम्बासी संगठन केन्द्रीय कमिटीको राजधानीमा आयोजित राष्ट्रिय भेलामा बुधबार बोल्दै प्रधानमन्त्री ओलीले जनतालाई दुःख दिने कुनै पनि गतिविधि स्वीकार्य नहुने भन्दै यस्तो काम नगर्न सुझाएका छन्।

‘नेपाल बन्द अरे। जनताले के बिगारेर नेपाल बन्द गरेको ? जनतालाई किन दुःख दिनुपर्‍यो नेपाल बन्द गरेर? पार्टी छोडेर आफू पाटीमा लाग्छन् अनि बन्द गरेर जनतालाई दुःख दिन्छन्, बन्द भनेको के? त्यो किन गर्नुपर्‍यो, के का लागि गर्नुपर्‍यो?, उनले प्रश्न गरे।

प्रधानमन्त्री ओलीले जनतालाई दुःख दिन के का लागि भन्दै प्रश्न गरे। बन्द के का लागि गर्नु, किन बन्द गर्नु ? बन्द भनेको हिँडडुल गर्न नपाइने, पसल खोल्न नपाइने भनेको हो, किन्न जान नपाउने, पढ्न जान नपाउने, जनतालाई दुस्ख दिने काम गर्नु भएन उनले भने, के का लागि गर्नुपर्यो बन्द ? जनताले बन्द गरेको होइन र जनताले चाहेको पनि होइन।

प्रकाशित मिति : २१ माघ २०७७ बुधबार ००:००  ६ : २५ बजे