२४ मंसिर २०८२, बुधबार | Thu Dec 11 2025

पौडेल उद्योग बाणिज्य परिषद्को सदस्यमा मनोनित, अध्यक्ष गोल्छाको आयो पत्र



मायादेवी अनलाइन, चार नम्बर ।

कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल उद्योग वाणिज्य परिषद्को सदस्यमा मनोनित हुनु भएको छ । महासंघको विधान अनुसार पौडेललाई सो पदमा मनोनयन गरिएको केन्द्रिय अध्यक्ष शेखर गोल्छाले बुधबार पत्रमार्फत् पौडेललाई जानकारी गराउनु भयो ।

महासंघको विधानको दफा ३९.२.१ अनुसार महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठको सभापतित्वमा हालै उक्त परिषद् गठन गरिएको छ । सोही परिषद्मा पौडेललाई मनोनयन गरिएको हो ।

कपिलवस्तु उद्योग बाणिज्य संघको ३ बर्षे कार्यकाल सफलतापूर्वक सकी पौडेल २ दिनपछि विदा हुँदै हुनुहुन्छ । यस्तै महासंघको भर्खरै सकिएको अधिवेशनमा पनि जिल्ला नगरमा पौडेलले महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । सोही कारण नै पौडेललाई सो जिम्मेवारी दिएको परिषद्का सभापति श्रेष्ठले बताउनु भयो ।

पौडेलले उद्योग परिषद्लाई थप कृयाशिल बनाउन मद्धत गर्नेमा पत्रमार्फत् अध्यक्ष गोल्छाले विश्वास ब्यक्त गर्नुभयो । । परिषद्मा मनोनयनमा परेपछि पौडेलले संघलाई धन्यबाद दिँदै आफूले जिम्मेवारी कुशलतापूर्वक पुरा गर्ने मायादेवी अनलाइनसंग बताउनु भयो ।

No description available.

प्रकाशित मिति : २१ माघ २०७७ बुधबार ००:००  ६ : ३६ बजे