२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

कुकुरको संख्या घटाउन बन्ध्याकरण शिविर



दाङ ।
लमही नगरपालिकाले कुकुरको संख्या घटाउन र रेबिजविरुद्धको खोप लगाउन कुकुरको बन्ध्याकरण गर्न शिविर नै चलाएको छ । चार लाख रुपैयाँ बजेट मार्फत यो शिविर चलाइएको हो । यस भन्दा अघि पनि १३० कुकुरको बन्ध्याकरण गरिएको थियो ।

यस वर्ष एक सय ३८ वटा कुकुरको बन्ध्याकर गरिने योजना रहेको लमही नगरपालिका पशु शाखाका प्रमुख शिवराज न्यौपानेले जानकारी दिए ।

‘कुकुरले मान्छे मात्रै होइन बाख्रा, भैँसीका पाडा–पाडी, गाइका बाच्छा–बाच्छी समेत टोक्न थाले । किसानहरुलाइ समस्या पर्न गयो ।

अनि समाधानको लागि बन्ध्याकरण शिविर चलाएका हौँ’ उनले भने, ‘कुकुर बन्ध्याकरणमा समुदायको साथ चाहिन्छ । घर तथा समुदायमा भएका कुकुरलाई समयमा रेबिजविरुद्धको खोप लगाउने र त्यसको व्यवस्थापनमा सबैले चासो दिनुपर्ने हुन्छ ।’

सामुदायिक कुकुरको टोकाइबाट सर्वसाधारण मानिसहरु जोखिममा परेपछि कुकुर बन्ध्याकरण कार्यक्रम थालिएको लमही नगरपालिकाका उप–प्रमुख देवका बेल्वासेले बताइन् ।

प्रकाशित मिति : २२ माघ २०७७ बिहिबार ००:००  ८ : २६ बजे