७ असार २०८३, आइतबार | Sun Jun 21 2026

शनिबार अनेरास्ववियू र राष्ट्रिय युवा संघ कपिलवस्तुको जिल्ला भेला



मायादेवी अनलाइन, चारनम्बर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई भातृसंगठनको जिल्ला शनिबार जिल्ला अगुवा कार्यकर्ताको आयोजना गरिएको छ ।

अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुको आयोजनामा प्रशिक्षात्मक जिल्ला भेलाको आयोजना गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर असंबैधानिक कदम चालेको भन्दै विरोधमा उत्रिएको प्रचण्ड–माधव पक्षले नेतृत्व गरेको पार्टीको भातृसंगठनको जिल्ला भेलालाई नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री चक्रपाणी खनाल ‘बलदेव’, नेकपा केन्द्रिय सदस्य डोर प्रसाद उपाध्याय ‘निर्मल’, लुम्बिनी प्रदेश सांसद तथा नेकपा नेता विष्णु पन्थी, जिल्ला सचिव रामचन्द्र शाह ‘विष्णु’, युवा नेता राजु गुरुङ, अनेरास्ववियूका नेता आरती लामा, सुरेन्द्र बस्नेत लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको अनेरास्ववियू कपिलवस्तुले जनाएको छ ।

सिद्धार्थ क्याम्पस बुङ्चीमा विहान ११ बजे आयोजना गरिएको कार्यक्रममा जिल्लाभरबाट विद्यार्थी तथा युवाका अगुवा कार्यकर्ता आउने नेकपाका युवा नेता कमल भट्टराईले जनाकारी दिनुभयो ।

अनेरास्ववियू जिल्लामा एकढिक्का रहेको सन्देश प्रवाह गरी नयाँ पार्टी तथा संगठनका आगामी कार्यक्रमको बारेमा प्रशिक्षण दिने र नयाँ नेतृत्व चयन गर्नका लागि जिल्लामा अगुवा कार्यकर्ताको भेला आयोजना गरिएको विद्यार्थी नेता शुसील खत्रीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २३ माघ २०७७ शुक्रबार ००:००  १० : ४९ बजे