८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

संसद भंग गरेको विरोधमा काठमाडौँमा अहिंसात्मक प्रदर्शन



काठमाडौँ ।

नागरिक समाजका अगुवाहरुले संसद विघटनको विरुद्धमा आज शनिबार पनि काठमाडौँमा प्रदर्शन गरेका छन्। डा. गोविन्द केसी, पत्रकार नारायण वाग्लेसहितका अगुवाहरुले प्रतिनिधिसभा भंग गरेको विरोधमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।
‘प्रतिनिधिसभा विघटनको विरुद्ध अहिंसात्मक नागरिक प्रदर्शन’ लेखिएको ब्यानरसहित शान्तिपूर्ण प्रदर्शन भएको हो।

उनीहरुले प्रतिनिधिसभा मार्न पाईँदैन, निरंकुश सरकार चाहिँदैन, संवैधानिक निकायको कब्जा बन्द गर, प्रतिनिधिसभा पुनःस्थापना गर लगायत नारा लेखिएका पोस्टर छातीमा टाँसेका थिए।
गत पुष ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि विरोधमा दिनहुँ प्रदर्शनहरु भइरहेका छन्।

प्रकाशित मिति : २४ माघ २०७७ शनिबार ००:००  १ : ५५ बजे