२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

नेपालमा थप ८१ जनामा कोरोना पुष्टि, पाँचको मृत्यु



काठमाडौं ।

नेपालमा थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना पुष्टि भएको हो। योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ४३० पुगेको छ।

पछिल्लो २४ घण्टामा १११ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६८ हजार ६६० पुगेको छ। पछिल्लो २४ घण्टामा थप पाँचको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०५२ को मृत्यु भएको छ।

प्रकाशित मिति : २९ माघ २०७७ बिहिबार ००:००  ४ : ४० बजे