५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

चितुवाको आक्रमणबाट किसानको गोठ रित्तियो



दाङ ।
जंगलबाट बस्तीमा छिरेको चितुवाले आक्रमण गर्दा एकजना किसानको गोठ रित्तिएको छ । लमही नगरपालिका–८ संघर्ष टोलका किसान हिरालाल चौधरीले गोठभित्र बाँधेका ८ ओटा भेडा, २ ओटा खसी र एउटा बाख्रा गरी ११ ओटा भेडा–बाख्रा चितुवाको आक्रमणबाट मरेको स्थानीय सुरेश खड्काले जानकारी दिए । गोठ रित्तो भएपछि चौधरी पीडामा छन् । एक लाखभन्दा बढीको क्षति भएको छ ।

‘कच्ची गोठ भएकाले सजिलोसँग चितुवा गोठभित्र छिरेर बाख्रा र भेंडालाई आक्रमण ग¥यो,’ स्थानीयबासी खड्काले भने, ‘पछिल्लो समय चितुवा बस्ती नजिक आउने र त्रास थप्ने काम गरिरहेको छ ।’

प्रहरी चौकी सतबरियाले घटनाको जानकारी टिपोट गरेको छ । लक्ष्मी सामुदायिक वन नजिकै रहेको र त्यहीँ वनबाट चितुवा बस्तीमा आएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३० माघ २०७७ शुक्रबार ००:००  ६ : ४२ बजे