६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

राष्ट्रिय परिचयपत्रः गुल्मीमा १ लाख २० हजार ७२५ जनाको विवरण दर्ता



गुल्मी ।
गुल्मीमा एक लाख २० हजार ७२५ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

जिल्लाका १२ वटा स्थानीय तहहरू मध्ये धुर्कोट गाउँपालिकाकमा १० हजार ५८०,मदानेमा नौ हजार ७८०,गुल्मीदरबारमा ११ हजार ९०५ र छत्रकोटमा १० हजार ८३९, इश्मामा नौ हजार ३५८, कालीगण्डकीमा नौ हजार ३१, रुरुक्षेत्रमा ९ हजार ५९९,चन्द्रकोटमा नौ हजार ४५०,सत्यवतीमा १० हजार ६६४, मालिकामा १० हजार २४०, मुसिकोट नगरपालिकामा १४ हजार ६७८जनाको विवरण दर्ता कार्य सम्पन्न भइसकेको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी उद्धव पन्थीले जानकारी दिनुभयो ।

अहिले रेसुङ्गा नगरपालिकाका १४ वटै वडाहरूमा विवरण दर्ताको काम भइरहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । राष्ट्रिय परिचय पत्र नागरिकका सेवासुविधा सँगै परिचय खुलाउन र अपराध नियन्त्रण गर्नका लागि पनि महत्वपूर्ण मानिन्छ ।

यसअघि नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले माघ ११ गते जिल्ला प्रशासन कार्यालय गुल्मीबाट राष्ट्रिय परिचयपत्र लिइसकेका छन् । ज्ञवालीले २०७६ साल साउन ३२ गते जिल्ला प्रशासन कार्यालय गुल्मीमा स्थायी स्टेशनको एक कार्यक्रमका बिच उद्धाटन गरी विवरण दर्ता गराएका थिए ।

प्रकाशित मिति : ३० माघ २०७७ शुक्रबार ००:००  ६ : ४४ बजे