४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

मौसममा बदली, पहाडमा हिमपातको सम्भावना



काठमाडौँ ।
देशभर शुक्रबारको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

शुक्रबार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती, गण्डकी र प्रदेश नम्बर १ मा आंशिक बदली रहने छ । प्रदेश नम्बर २ मा भने रातिको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । केही दिन चिसो अझै रहिरहने देखिएकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

अहिले बिहान देशको सुदूरपश्चिम प्रदेशमा र अन्य केही पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ३० माघ २०७७ शुक्रबार ००:००  ६ : ५७ बजे