८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

प्रजातन्त्र दिवसमा चिन्तित हुँदै पूर्वराजाले भने- देश जटिलतामा फस्दै छ



काठमाण्डौ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र विभेदको राजनीतिले देश दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताउनुभएको छ ।

७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र भनेको आवधिक चुनाव र दल विशेष नेताको शासन प्रणाली नभएको बताउनुभयो ।हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुसीमा मात्रै प्रजातन्त्रको प्राण अटुट रहने भन्दै उहाँले देशको प्रतिष्ठा बढाउन हामी कत्तिको सफल भएका छौँ भन्नेबारे समीक्षा गर्नुपर्ने समय आएको बताउनुभयो ।

प्रजातन्त्रमा जनशक्ति र धनसम्पत्ति नै विशिष्ट भएको भन्दै उहाँले आम नागरिकको आस्था, चाहना र जनभावनालाई कसैले पनि मेट्न नसक्ने बताउनुभयो ।उहाँले राजा र आम नागरिकको सहमतिबाट खडा भएको देशमा निषेध र विभेदको राजनीति सुरू गरिएकाले देश जटिलतामा फस्दै गएकोसमेत बताउनुभएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७ शुक्रबार ००:००  १० : ०२ बजे