१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

कैलालीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु



धनगढी ।
कैलालीमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत गोदावरी नगरपालिका २ का ७० वर्षीय संक्रमित पुरुषको सोमबार बिहान ७ बजे मृत्यु भएको हो। अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले फागुन ३ गते भर्ना भएका ती पुरुषमा कडा खालको निमोनिया देखिएको बताए।

अस्पतालको कोरोना विशेष भवनमा थप एक जना कोरोना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। बेदकोट नगरपालिका ७ का ५० वर्षीय पुरुष भेन्टिलेटरमा उपचाररत् रहेको श्रेष्ठले बताए। अहिले प्रादेशिक अस्पतालको ५० शैयाको कोरोना विशेष भवनमा बाँकी सबै बेड खाली छन्।

प्रकाशित मिति : १० फाल्गुन २०७७ सोमबार ००:००  ११ : ३० बजे