लुम्बिनी प्रदेशका ७ जिल्लामा नेकपाको नेतृत्व चयनः कपिलवस्तुको अध्यक्षमा पन्थी, सचिवमा शाह


बुटवल ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड माधव समुहले ६८ जिल्लामा नेतृत्व चयन गरेको छ । प्रतिनिधी सभा विघटन भएपछि राजनीतिक रुपमा विभाजित सो समुहले लुम्बिनी प्रदेशका ७ जिल्लासहित ६८ जिल्लामा अध्यक्ष र सचिवको टुंगो लागेको हो ।

प्रचण्ड माधव समुहले ९ बुँदे मापदण्ड बनाएर बराबर हैसियतमा संगठनमा नेतृत्व लिने सहमति गरेका थिए । त्यस अनुसार जिल्लाहरुमा नेतृत्व चयन भएको हो ।

जस अनुसार कपिलबस्तुमा विष्णु पन्थी अध्यक्ष र रामचन्द्र शाह सचिवमा तोकिनुभएको छ । यसैगरी रुपन्देहीमा राजु गुरुङ जिल्ला अध्यक्ष र नारायण जिसी सचिव, गुल्मीमा अध्यक्षमा सोमनाथ सापकोटा र सचिवमा विरबहादुर कार्की रहनुभएको छ ।

त्यसै गरी दाङमा टीकाराम खड्का अध्यक्ष र सचिवमा तुल्सीराम पुन, रुकुम पूर्वमा अध्यक्षमा मेघबहादुर श्रेष्ठ र सचिवमा भिउमान घर्ती, रोल्पामा अध्यक्षमा सुरेन्द्र घर्ती र सचिवमा हरिप्रसाद घर्ती, बाँकेमा अध्यक्षमा आइपि खरेल र सचिवमा अशोक कोइराला रहनुभएको छ ।

गत माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार रिक्त पदमा पदपूर्ति गर्न केन्द्रीय सचिवालयलाई अधिकार दिएअनुसार जिम्मेवारी दिइएको प्रचण्ड माधव समुहले जनाएको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस