कोब्रा गाइज कपिलवस्तुद्धारा फर्साटिकर पराजित, रतन बने म्यान अफ दि म्याच


मायादेवी अनलाइन, चारनम्बर ।

कोब्रा गाइज कपिलवस्तु बाणगंगा १ बुङचीमा जारी प्रथम सूर्योदय फुटवल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । सिद्धार्थ रंगशालामा पाहुना टोली रुपन्देहीको फर्साटिकर फुटवल एकेडेमीलाई २–० गोल अन्तरले पराजित गर्दै कोब्रा क्वाटर फाइनलमा पुगेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा कोब्राले पहिलो हाफको अन्त्य र दोश्रो हाफको अन्त्यमा गोल गर्न सफल भएको हो । खेलमा म्यान अफ दि म्याच बनेका कोब्राका रत्न शाहीले पहिलो हाफ सकिन १५ सेकेण्ड मात्र बाँकी रहँदाको अवस्थामा गोल गरी १–० को अग्रता बनाएका थिए ।

१–० गोलले पछि परेको अवस्थामा मैदान प्रवेश गरेको फर्साटिकरले दोश्रो हाफमा कोब्रामाथि दबाब सिर्जना गरेपनि गोल गर्न सकेन । विदेशी कोच पाएको कोब्राले पटकपटक गोलको अवसर पाए पनि गोल गर्न सकेन । फेरि खेलको अन्त्यतिर अर्को गोल खाएपछि कोब्राले जित सुनिश्चित गरेको थियो । खेल अवधिभर फर्साटिकरले उत्कृष्ट खेल पस्केर दर्शकको मन जित्न सफल भएको थियो ।

प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा कपिलवस्तुको राइजिङ स्टार यु्वा क्लव चन्द्रौटा मुर्गिया फुटवल क्लव सैनामैना भीँड्ने आयोजकले बताएका छन् । प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ हजार १ सय ११, उपविजेता टिमले ५५ हजार ५ सय ५५ रुपैया सहित शिल्ड मेडल र प्रमाण पत्र पाउने छन् ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस