११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

बाडुली कसरी लाग्छ ? यस्तो छ उपचार विधि



एजेन्सी ।
मुखबाट छिन–छिनमा जोडले कुनै शब्द (आवाज) निस्किन्छ भने त्यसलाई ‘बाडुली’ भनिन्छ । विशेष गरी तातो, भारी, रुखो तथा बासी वस्तु खानाले, मुखमा धूलो पर्नाले, मेहनत, मार्गगमन गर्नाले र मल–मूत्रको वेगलाई रोक्नाले बाडुली लाग्छ ।

घरेलु उपचार

१. बाख्राको दूधमा सुठो हालेर पकाएर सेवन गर्नाले बाडुली ठीक हुन्छ ।

२. सुठो र पिप्पलीको चूर्ण महसँग चाट्नाले बाडुली शीघ्र मेटिन्छ ।

३. सख्खर तथा सूठो पानीमा पिसेर त्यसको वाफ लिनाले बाडुली ठीक हुन्छ ।

४. मयुरको प्वाँखको भस्म महसँग चाट्नाले बाडुली ठीक हुन्छ ।

५. ग्वारपाठाको रसको सुठो हालेर पिउनाले बाडुली ठीक हुन्छ ।

६. ४ ग्राम पित्तपापड, ४ ग्राम पिप्पली र २० ग्राम सखरको घोल बनाएर पिउनाले बाडुली ठीक हुन्छ ।

७.४ ग्राम मुलहठी चूर्ण महसँग चाट्नाले बाडुली बन्द हुन्छ ।

८. दूधमा घीउ हालेर पिउनाले पनि बाडुली ठीक हुन्छ ।

९. ४ ग्राम पिप्पलीमा मिश्री हालेर सेवन गर्नाले बाडुली ठीक हुन्छ ।

घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट साभार

प्रकाशित मिति : ११ फाल्गुन २०७७ मंगलबार ००:००  ५ : ४५ बजे