प्रेस संगठन कपिलवस्तुले महासंघको अध्यक्षमा हरि अधिकारीलाई उम्मेद्वार बनायो


मायादेवी अनलाइन, चारनम्बर ।
प्रेस संगठन नेपाल कपिलवस्तुले हरि अधिकारीको नेतृत्वमा नेपाल पत्रकार महासंघ कपिलवस्तुको निर्वाचनमा जाने तयारी गरेको छ ।

प्रेस संगठन कपिलवस्तुको चारनम्बरमा बसेको वैठकले महासंघको नेतृत्वमा अधिकारीलाई पठाउने सर्वसम्मत निर्णय गरेको छ । आसन्न महासंघको निर्वाचनका सम्बन्धका आवश्यक तयारी गर्दै प्रेस संगठन कपिलवस्तुले अध्यक्ष पदमा अधिकारीलाई अघि सारेको हो ।

महासंघको आगामी नेतृत्व अधिकारीको अध्यक्षतामा सर्वसम्मत चयन गर्न पनि संगठनले अपील गरेको छ । महासंघको तीन कार्यकाल विभिन्न पदमा रही सफलतापूर्वक जिम्मेवारी निर्वाह गरिसकेका अधिकारीलाई सर्वसम्मत अध्यक्ष बनाउन पनि प्रेस सम्बद्ध सवै संगठनलाई आग्रह गरिएको प्रदेश इन्चार्ज विकास बन्जाडेले जानकारी दिनुभयो । महासंघ सवैको साझा संस्था भएकाले सवै संगठनको प्रतिनिधित्व हुनुपर्ने पनि संगठनको ठहर रहेको छ ।

प्रेस संगठनका जिल्ला संयोजक डिलाराम भुसालको अध्यक्षतामा बसेको वैठकमा नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) जिल्ला अध्यक्ष विष्णु पन्थी, सचिव रामचन्द्र शाह, प्रदेश इन्चार्ज विकास बन्जाडे, केन्द्रिय सदस्य मनिष कार्की, जिल्ला सचिवालय सदस्य सरोज खनाल, प्रचार विभाग प्रमुख बसन्त गिरी लगाएतले सक्षम र अनुभवी व्यक्तिलाई महासंघको नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिएका थिए ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस