भीमार्जुन आचार्य भन्नुहुन्छ-नेपालको न्यायालय सक्षम छ भन्‍ने पुष्टि भयो ओलीले दण्ड पाए


काठमाडौँ ।

संविधानविद् डा भीमार्जुन आचार्यले प्रतिनिधि सभा विघटनविरुद्ध फैसला सुनाएर नेपालको न्यायलय सक्षम छ भन्ने पुष्टि गरेको बताएका छन् । इकागजसँग संक्षिप्त कुराकानी गर्दै आचार्यले भने, ‘यो फैसलाबाट नेपा लको न्यायलय सक्षम छ भन्ने पुष्टि भयो । न्यायालयको यो साहसलाई सम्मान छ ।’ उनले विधिको शासन पुनर्वहाली भएको पनि बताए ।

‘विधिको शासन पुनर्वहाली भएको छ । फैसलाले ओलीलाई दण्ड पनि दियो,’ उनले भने, ‘ विदेशीहरुको क्रिडास्थल बन्नबाट केही हदसम्म जोगियो । नेपालको न्यायलयको र संविधानको साख जोगियो ।’

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस