नागरिकको जित भयो : अध्यक्ष नेपाल


काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाएको बताउनुभएको छ ।

मङ्गलवार सर्वोच्चको फैसलापछि ट्वीट गर्दै नेता नेपालले भन्नुभएको छ, ‘सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले नागरिकको जित भएको छ, सम्मानित अदालतले प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु ।’

नेता नेपालले सम्पूर्ण नागरिक, आन्दोलनमा उत्रेका दल, नागरिक समाज, मिडिया, समाजका सबै तहका नागरिकलाई हार्दिक धन्यवादसमेत दिनुभएको छ ।

गएको पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस