प्रचण्ड-नेपालले एकअर्कालाई लड्डु खुवाएर खुसी साटे


काठमाडौं ।
सर्वोच्च अदालतबाट संसद पुनर्स्थापना गर्ने फैसला भएपछि नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले देशभरि खुसीयाली मनाइरहेको छ ।

चितवनमा रहेका उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले एकअर्कालाई लड्डु खुवाएर खुसी साटेका छन्।

भोलि चितवनमा हुने आमसभालाई सम्बोधन गर्न प्रचण्ड र नेपाल चितवन पुगेका थिए। अब उक्त समूहले भोलिको सभालाई विजय सभाका रूपमा मनाउने भएको छ।

यसअघि संक्षिप्त कुरा गर्दै अध्यक्ष प्रचण्डले अब आफूहरू यसअघि गरिएका प्रतिवद्धताअनुसार नै अघि बढ्ने तर केपी शर्मा ओलीसँग कुनै सम्झौता नगर्ने बताएका थिए ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस