सर्वोच्चको फैसलालाई स्वागत गर्दै कपिलवस्तुको चारनम्बरमा दीप प्रज्ज्वलन (तस्बिरहरु)


मायादेवी अनलाइन, चारनम्बर ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि कपिलवस्तुको चारनम्बर जीतपुरमा दिप प्रज्ज्वलन गरिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुसियालीमा नेकपा, नेपाली कांग्रेस, अनेरास्ववियू लगायतले दीप प्रज्ज्वलन गरेका हुन् ।

सर्वोच्चको निर्णयलाई स्वागत गर्दै नेकपाका स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य चक्रपाणी खनाल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य अतहर कमाल मुसलमान, नेकपाका केन्द्रीय सदस्य डोर प्रसाद उपाध्याय, नेपाली कांग्रेसका वाणगंगा नगर सभापति विष्णु थापा, नेकपा (मसाल)का कपिलवस्तु प्रवक्ता छविलाल गैरे लगायतले बोल्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन अनेरास्ववियू कपिलवस्तु संयोजक दिपक अनुरागीले गर्नुभएको थियो ।

No description available.
No description available.
No description available.
No description available.

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस