५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

देउवा, प्रचण्ड र माधवबीच भएको २० मिनेट कुराकानीमा खासै केही भएन



काठमाण्डौँ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड(नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुराकानी गरेका छन्।बुधबार दिउँसो उनीहरूबीच २० मिनेट देउवाको निवास बुढानिलकण्ठमा कुराकानी भएको हो। छलफल सकेर प्रचण्ड(नेपाल अहिले देउवा निवासबाट बाहिरिसकेका छन्।

देउवाका सहयोगी भानु देउवाका अनुसार विकसित राजनीतिक घटनाक्रम र अब कसरी अगाडि जाने भन्नेबारे सभापति देउवासँग प्रचण्ड(नेपालको छलफल केन्द्रीत रह्यो।‘आ(आफ्नो पार्टीमा छलफल गरेर अगाडि बढ्नेबारे कुराकानी भएको छ,’ देउवाले भने। सभापति देउवाले कांग्रेसको पदाधिकारी बैठक पनि बोलाएका छन्।बिहीबार अपरान्ह ३ बजे कांग्रेसको पदाधिकारी बैठक बोलाइएको उनले जानकारी दिए।

प्रकाशित मिति : १२ फाल्गुन २०७७ बुधबार ००:००  २ : ०९ बजे