२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

इञ्चार्ज ज्ञवालीले भने- लुम्बिनी प्रदेशमा अब मिलिजुली सरकार बन्न सक्छ



दाङ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड– नेपाल समूहका नेता तथा लुम्बिनी प्रदेशका इञ्चार्ज युवराज ज्ञवालीले केन्द्रमा मिलिजुली सरकार बनेमा त्यही अनुसार प्रदेशमा पनि सरकार बन्ने बताएका छन् । संचारकर्मीसंग बोल्दै उनले प्रतिनिधिसभा बैठक बसेपछि केन्द्रमा जस्तो माहोल बन्छ, प्रदेशहरुमा पनि त्यही अनुसारको सरकार निर्माण हुने बताए ।

नेपाली काँग्रेस लगायतका दलहरुसँग मिलेर मिलिजुली सरकार निर्माण गर्न छलफल सुरु गरिएको उनले बताए । उनले प्रतिनिधिसभा विघटन बदर भइसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले लाज भए तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले राजीनामा नदिएमा संसदमा अविश्वासको प्रस्ताव पेश गरी अब बहुमतबाट हटाइने चेतावनीसमेत दिए ।

संवैधानिक इजलासले फागुन ११ गते प्रतिनिधिसभा विघटन बदर गर्दै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बस्न आदेश गरिसकेको सन्दर्भ उल्लेख गर्दै पूर्व मन्त्रीसमेत रहेका ज्ञवालीले आफुहरुले त्यसको तयारी समेत सुरु गरिसकेको जानकारी दिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७ बुधबार ००:००  ३ : ०२ बजे