८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेकपा नाम विवादबारे सर्वोच्च अदालतले २० गते फैसला सुनाउने



काठमाडौं ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनेसँगै उत्पन्न पार्टीको नाम विवादबारे सर्वोच्च अदालतले फागुन २० गते निर्णय सुनाउने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी दर्ता हुँदाहुँदै उस्तै नामको अर्को दल दर्ता गरेको भन्दै निर्वाचन आयोगविरुद्ध ऋषिराम कट्टेलले सर्वोच्चमा रिट दिएका थिए । रिटमाथि सुनुवाइ गर्दै अदालतको बिहीवारको इजलासले २० गते निर्णय सुनाउने निधो गरेको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

बिहीवार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भएको थियो । नेकपाभित्र आन्तरिक विवाद चर्किएर राजनीतिक रूपमा फुटको अवस्थामा पुगेका बेला सर्वोच्चबाट नामबारे फैसला आउन लागेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७ बिहिबार ००:००  ५ : ५४ बजे