६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

प्रधानमन्त्री ओलीद्धारा मन्त्रिपरिषद् बैठकको आह्वान



काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए । सर्वोच्च अदालतले फागुन ११ गते दिएको आदेशमा १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि परमादेश दिएको थियो। आजको बैठकले संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्छ कि गर्दैन भन्ने टुंगो छैन ।

कतिपयले संसद अधिवेशन बोलाउनुअघि प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी व्यवस्था खुकुलो बनाउन सजिलो हुने गरी अध्यादेश ल्याउन सक्ने आकलन पनि गरेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७ शुक्रबार ००:००  २ : ०८ बजे