कपिलवस्तुका सिडिओ पौडेलको सरुवा, पाण्डे जिल्ला आउँदै


मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (सिडिओ) दीर्घनारायण पौडेलको सरुवा भएको छ । गृह मन्त्रालयले देशका विभिन्न जिल्लाका सिडिओ हेरफेर गरेपछि कपिलवस्तुका पौडेल पनि सरुवा हुनुभएको छ ।

पौडेल अब दाङको प्रमुख जिल्ला अधिकारी भएर जानुहुनेभएको छ । झण्डै एक बर्ष कपिलवस्तु बिताउनुभएका सिडिओ पौडेलले कोरोना भाइरसको नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्नुभएको थियो ।

जिल्ला शान्ति सुरक्षामा पनि प्रभावकारी भूमिका निर्वाह गर्नुभएका पौडेलले पछिल्लो समय नागरिकता लिनेहरुको भीड भएपछि विहान ७ बजेदेखि सेवा दिएर चर्चा कमाउनुभएको थियो ।

पौडेलको दाङ सरुवा भएपछि कपिलवस्तुमा नयाँ सिडिओको रुपमा चक्रपाणी पाण्डे आउनुहुने भएको गृह मन्त्रालयद्धारा जारी सूचनामा उल्लेख छ । उदयपुरमा प्रमुख जिल्ला अधिकारी रहनुभएका पाण्डे कपिलवस्तु आउन थाल्नुभएको हो ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस