१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



पाल्पा ।
पाल्पाको रामपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रामपुर न.पा.– ७ किसानबारी स्थित भित्रि सडक खण्डमा खप्टारबाट बिजयपुरतर्फ जाँदै गरेको लु १३ प ६८१४ नं। को मोटर साइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल सडकदेखि अन्दाजी ७ मिटर तल खस्दा मोटरसाइकल चालक जिल्ला पाल्पा रामपुर न।पा। ६ बिजयपुर बस्ने बर्ष ३० को सन्जु आलेको मृत्यु भएको हो ।

उनलाई घाईते उपचारको लागि रामपुर अस्पताल पाल्पा पठाएकोमा डाक्टरद्वारा मृत घोषणा गरेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७ शुक्रबार ००:००  ५ : १४ बजे