आज ३८ औँ राष्ट्रिय मगर एकता दिवस, बाणगंगाको कप्टैयामा कार्यक्रम


मायादेवी अनलाइन, चारनम्बर ।
आज फागुन १५ गते । ३८ औँ राष्ट्रिय मगर एकता दिवस । देशभर बिभिन्न कार्यक्रक गरी मनाइँदै छ । यसै सन्दर्भमा कपिलवस्तुको बाणगंगामा पनि सांस्कृतिक कार्यक्रमसहित कार्यक्रम आयोजना गरिएको छ । नेपाल मगर संघ बाणगंगा नगरको समन्वय, वडा नम्बर २ इकाई समिति र न्यू मंगोलियन युवा क्लवको आयोजनामा कप्टैया खेल मैदानमा कार्यक्रम हुन लागेको हो । मध्यान्ह १२ बजे हुने कार्यक्रममा मगर अगुवाहरुले सम्बोधन गर्ने र मगरसंस्कृति प्रस्तुत हुने कार्यक्रम संयोजक संजिब थापाले जानकारी दिनुभयो । कार्यक्रमको संरक्षकको रुपमा नेपाल मगर संघ जिल्ला समन्वय समिति रहेको छ । अझै पनिआदिबासी जनजातिको हक अधिकार सुनिश्चित हुन नसकेकाले कार्यक्रममार्फत खबरदारी गर्ने काम हुने संघले जनाएको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस